गोप्य भिडिओ सार्वजनिक गर्ने धम्कीपछि आत्महत्या
जेठ ८, २०८२, बिहीबार | दिउँसो ०२:१६ बजे
सामाजिक सञ्जालमार्फत गोप्य भिडिओ सार्वजनिक गर्ने धम्कीपछि एक महिलाले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-२ घर भई हाल भक्तपुर बस्दै आएकी २५ वर्षीया अञ्जना रिजालले विष सेवन गरेर ज्यान लिएकी हुन् ।
अञ्जनाका दाइ पदम विकका अनुसार अञ्जनाले भक्तपुरको जगातीमा केही वर्षदेखि ५५ वर्षीय किरणकुमार अवालसँग मिलेर पोल्ट्री फार्म सञ्चालन गर्दै आएकी थिइन् । अविवाहित अञ्जना र विवाहित किरणबिच निकट सम्बन्ध रहेको बताइएको छ । किरणले पटक-पटक विवाहको प्रस्ताव राखे पनि अञ्जनाले अस्वीकार गर्दै आएकी थिइन् ।