प्रहरी ईन्सपेक्टर हुँ भनी प्रहरी बर्दी लगाएको फोटो मोबाइलको वाल पेपरमा राखी आतंक


2025-05-21 15:16:20

News Image

भक्तपुर । प्रहरी निरीक्षक हुँ भनी सर्वसाधारणलाई झुक्याउने एकजना युवा पक्राउ परेका छन् । जेठ ६ गते अन्दाजी साढे नौ बजेको समयमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ दिब्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडि सडक खण्डमा उनलाई पक्राउ गरिएको हो । 
पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. ३ वतन भएका वर्ष २३ को सुजन गिरी रहेका छन् । उनीमाथि म प्रहरीको ईन्सपेक्टर हुँ भनी प्रहरी निरीक्षकको बर्दी लगाएको फोटो मोबाइलको वाल पेपरमा राखी सर्वसाधरण मानिसहरुलाई झुक्याई अशान्ति फैलाएको आरोप छ । त्यही सूचनाको आधारमा तत्कालै प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई उक्त स्थानबाट निजलाई पक्राउ गरिएको जनाइएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *