बालकोटबाट लागूऔषध विक्रीवितरण, एकजना पक्राउ
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटस्थित हरिनाथ कोइरालाले लागूऔषध विक्री वितरण गरेको भेटिएको छ । गोप्य सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटीई गई सूर्यविनायक नगरपालिका वडा नं. २ प्रि सियस स्कुल नजिकै नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. २ ओखरपौवा घर हुने वर्ष ३७ का हरिनाथ कोईरालालाई निजकै डेराकोठामा आगूऔषध ब्राउन सुगर जस्तो देखिने जम्मा १ ग्राम ३२ मिलि ग्राम सहित पक्रउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार नै लागूऔषध कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ मानिस
१.नुवाकोट जिल्ला ककनी गाँउपालाका वडा नं. २ ओखरपौवा घर हुने वर्ष ३७ को हरिनाथ कोईराला ।
सामानको परिमाण
१. आगूऔषध ब्राउन सुगर जस्तो देखिने जम्मा १ ग्राम ३२ मिलि ग्राम ।