मध्यपुर थिमिको वोडेबाट पाँंचजना मानिस पक्राउ
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेबाट पाँंचजना व्यक्तिहरु बुधबार पक्राउ परेका छन् । खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने वर्ष २५ को स्वदेश राईले लागूऔषध बिक्री वितरण गरेको भन्ने विषेश सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई निज स्वदेश राईको डेराकोठा खनतलासी गर्दा उक्त कोठाभित्र विभिन्न मानिसहरुसमेत फेला परेका र सो डेराकोठाबाट लागूऔषध लगाएतका दसी बरामद भई पक्राउ गरी लागूऔषध कसुरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ मानिसहरु
१.जिल्ला खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने वर्ष २५ को स्वदेश राई ।
२ जिल्ला काभ्रे रोशी गाउँपालिका घर भई हाल बोडे निलबाराहि बस्ने वर्ष २९ को छिरीङ लामा ।
३. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडे बस्ने वर्ष २५ को अमिर बस्नेत ।
४ जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ धुन्चेपाखा बस्ने वर्ष २१ को नेस्नल भन्ने सम्राट राई ।
५. जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा बस्ने वर्ष २७ को बिकास लामा ।
उनीहरुको साथबाट मोबाइल ३ थान र नगद रु.५,०००।– समेत वरामद भएको जनाइएको छ ।