ताथलीमा दुर्घटनाः एकको मृत्यु, एकजना घाइते
बैशाख २५, २०८२, बिहीबार | विहान १०:४१ बजे | 200
भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ ताथलीमा च्यामासिंहबाट नालातर्फ जाँदै गरेको बा. ९१ प. ८४१२ नं. मोटरसाइकलले विपरित दिशाबाट आँउदै गरेको प्रदेश ३–०२–०१४ प. ५०४३ नं. को स्कुटरलाई ठक्कर दिदाँ नालाबाट च्यामासिंहतर्फ आँउदै गरेको बा. प्र. ०२–०३६ प. ५३२७ नं. मोटरसाइकल आफै अनियन्त्रित भई स्कुटरमा ठक्कर खान जाँदा एकजनाको मृत्यु भएको छ । प्रदेश ३–०२–०१४ प. ५०४३ नं. को स्कुटर चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ९ सुडाल बस्ने वर्ष १७ को रिजन फुयाजुको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते भई तत्काल मध्यपुर ठिमी अस्पताल लगिएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
बा. ९१ प. ८४१२ नं. मोटरसाइकल चालक देश भारत घर भई हाल काभ्रेपलान्चोक बनेपा बस्ने वर्ष २४ को ईजार आलम र सवारी साधनहरु प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ । बा. प्र. ०२–०३६ प. ५३२७ नं. मोटरसाइकल जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर बस्ने वर्ष ४० को बिरे तामाङ घाइते भई ख्वप अस्पताल च्यामासिंहमा उपचार भइरहेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।