भक्तपुर । भक्तपुरमा बुधबार घरको रेलिङ बनाउने क्रममा खसी एकजनाको मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षिय इश्वर कार्कीको मृत्यु भएको हो।
सुर्यविनायक नगरपालिका वडा नम्बर ६ पाण्डुबजार हाईटमा ऐ.ऐ. बस्ने गोविन्द राजकनिकारको साढे २ तला पक्की घरको दोस्रो तलामा स्टिलको रेलिङ हाल्ने क्रममा कार्की खसी गम्भिर घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत दिपक गिरीले जानकारी दिए।
तत्कालै स्थानियहरुको सहयोगमा उपचारको लागी मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा चिकित्सकले मृत्त घोषणा गरेको गिरीले बताए।
महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सानु तामाङको कमाण्डमा अनुसन्धान अधिकृत सहित प्रहरी टोली खटी गई घटनाको सम्बन्धमा बुझ्दा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ९ फुलासी घर भई हाल सुर्यविनायक नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ४५ को राजन खड्काले ठेक्का गरी उक्त घरको रेलिङ लगाउन इश्वर कार्कीलाई काममा लगाएको र रेलिङ लगाउने क्रममा अचानक २ तलाबाट खसेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।

...

All Comments.......


Please Login/Register To Comments