रथले किचेर मृत्यु भएका व्यक्तिको नाम खुल्यो
चैत ३०, २०८१, आइतबार | दिउँसो ०३:५५ बजे | 85
भक्तपुर । विस्का जात्राको क्रममा भक्तपुरमा आइतबार घाइते भई मृत्यु भएका व्यक्तिको नाम खुलेको छ । प्रहरीका अनुसार अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको हो । उनी भक्तपुर नगरपालिका वडा नं ४ निवासी हुन् । तथापि उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोल इटबू वस्ने हुन् ।