रथले किचेर एकजनाको मृत्यु
चैत ३०, २०८१, आइतबार | दिउँसो ०३:१९ बजे | 185
भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा रथले किचेर एकजनाको मृत्यु भएको आशंका गरिएको छ । भैलखको रथ तान्ने क्रममा रथले एकजनालाई किचेको थियो । जीऊमाथि नै रथले किचेका कारण उनको घटनास्थलमै निधन भएको अनुमान गरिएको छ । उक्त व्यक्तिको नाम, थर यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । यसबारे आधिकारिक निकायबाट जानकारी भने प्राप्त हुन सकेको छैन । तस्वीर सामाजिक सञ्जालबाट