चर्चित भारतीय लेखक राहुल सांकृत्यायन


2025-04-13 14:44:02

News Image

सुनील सापकोटा , कौशलटार

अस्ति ९ अप्रिलका दिन राहुल सांकृत्यायनको जन्मदिन रहेछ। उनको बारे केही लेखुँला भन्थे, बिर्सेछु। आज सम्झिए र लेखें। एउटा संयोग नै भन्नू पर्ला। उनको जन्म र मरण अप्रिल महिलामा नै भएको रहेछ । भारतका राहुल सांकृत्यायन एक महान् विद्वान्, लेखक, घुमन्ते र बौद्ध दर्शनका जानकार ब्यक्ति हुन । उनलाई यात्रा साहित्यका जनक पनि भनिन्छ। उनका मूल योगदानहरू इतिहास, धर्म, दर्शन, यात्रा-वृत्तान्त, साहित्य र अनुवादको क्षेत्रमा रहेका छन्। उनको जन्म हाम्रो छिमेकि रास्ट्र भारतको उत्तर प्रदेशको आजमगढ़ जिल्लामा सन् १८९३मा भएको थियो। उनको पहिलेको नाम केदारनाथ पाण्डे रहेछ। उनले पछी धर्म परिवर्तन गरि बौद्ध धर्म अंगीकार गर्दा राहुल नाम राखेका रहेछन् । उनलाई लाई संस्कृत, पालि, तिब्बती, हिन्दी, उर्दू, फारसी, अंग्रेजी आदि भाषाहरूको राम्रो ज्ञान थियो। उनले भारत, तिब्बत, श्री लंका, रुस, इरान, नेपाल आदि देशहरूको यात्रा गरेका थिए। साहित्यकार , लेखक एवं भाषाशास्त्री स्वर्गीय प्रो. बालकृष्ण पोख्रेलज्यूले धेरै बर्ष अधि एकदिन म र मेरा साथिहरुको समूहमा राहुलको बारेमा चर्चा गर्दा कुनैबेला उनी नेपाल आएको बखत बिराटनगर पनि आएका थिए र रामजानकी मन्दिरमा त्यतिखेरका पूजारीको घरमा बसेका थिए भनेर भन्नू हुन्थ्यो । उनि आधुनिक भारतका बहुपाठी विद्वान, यायावर लेखक र समाज सुधारक थिए। उनले दर्शन, इतिहास, धर्म, साहित्य र भाषाशास्त्र का क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए पनि उनका विचारहरू सधैं विवादरहित थिएनन्। आलोचनात्मक दृष्टिले हेर्दा उनको जीवन र चिन्तनमा केही कमजोरीहरू पनि देखिन्छन्। उनी हिन्दू धर्मबाट आर्य समाज हुँदै बौद्ध धर्म र अन्ततः मार्क्सवाद सम्म पुगे। यो परिवर्तनले बौद्धिक खुलापन देखाए पनि कतिपय आलोचकहरूले यसलाई अस्थिरता मानेका छन्। उनले अन्धविश्वास, जातिवाद र कर्मकाण्डको आलोचना गरे। तर कतिपय अवस्थामा धर्मको सकारात्मक सामाजिक पक्ष समेत उपेक्षा गरेका देखिन्छन्। जीवनको अन्त्यमा उनी कट्टर मार्क्सवादी बने। यसले उनलाई भावनात्मक र सांस्कृतिक पक्षप्रति असहिष्णु बनाएको भनिन्छ। उनको लेखन ज्ञानपूर्ण र तर्कसंगत थियो। तर भावनात्मक र कलात्मक पक्षमा कहिले काहीँ कमी देखिन्छ भनेर उनका केही आलोचकहरुले लेखेका छन। उनले व्यक्तिगत अनुभवहरू निःसंकोच व्यक्त गरे। यो इमानदार प्रयास भएतापनी कतिपय पाठकले यो खुलापनलाई विवादास्पद मानेका छन्। यस बाहेक उनका थुप्रै पत्नीहरु पनि रहेछन्। कान्छि श्रीमती नेपाली हुन्। उनको चेली पनि हुन्। उनको र चेलीको उमेर धेरै फरक थियो अरे। खैर जे होस् । यो उनको निजि कुरा हो। अन्त्यमा, राहुल सांकृत्यायन बहुमुखी प्रतिभाका धनी विद्वान लेखक थिए। यद्यपि उनका विचारहरूमा केही अति र असन्तुलन देखिन्छ। उनी अध्ययन, प्रेरणा र आलोचनाको दुवै विषय हुन् भन्ने मलाई लाग्छ । धन्यवाद !

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *