२०८१ सालको विदाईकाे शुभकामना
कुमार लघु, भक्तपुर
नमस्कार भाइबहिनीहरू
आज मैले यो नयाँ वर्षकाे र रथको वारेमा थोरै लेख्ने विषयमा लागेको छु। सर्वप्रथम मेरो लेख रचना हेर्ने शेर गर्ने र कमेन्ट गर्ने विध्यार्थी भाइबहिनी दाइ काका लेखक पत्रकार समालोलक युवक युवतीहरू र अन्य तप्काका स्वदेशमा र विदेशमा वसेर हाई हेलाे गर्ने लाईकरहरूलाई समेत भोलिवाट सुरू हुने २०८२ साल र वितेको २०८१ सालको विदाईकाे शुभकामना टक्राउन चाहन्छु । यो ८१ सालले कति तिता मिठा कुराहरूलाई नेपालीले वेहोर्न परे तै पनि थकित नमानी सुनाैलो भविष्य निम्ति खारिन तमतयार नेपाली दाजु भाइ बहिनी विध्यार्थीहरूलाई २०८२ सालमा पनि होशियारीका साथ लम्कन तयार रहन चेतावनी दिन चाहन्छु । हाम्रो जीवन असल दिनको निम्ति संघर्ष गरि खान कै निम्ति हुन् । नेपाली र समग्र रूपमा काम गरि खगरीवर्गको लागि जीवन एउँटा संघर्ष मै वित्ने रहेछ। मानवले कहि कतै काम नगरीकन पेटभरी खान गाह्रो छ । यस्तो वेलामा अब फेरि नयाँ साल हाम्रो अगाडि घर आँगन मै आई सक्यो आज २०८१ सालमा लिङ्गो उभाई भाेलि दिनभरी जात्राको रूपमा मानेर लिङ्गो साँझ ढाल्ने परम्परा छ। आज विहान कुम्हाले टाेलमा हात नभएको लिङ्गो उभाउने कार्यक्रम छ्न । सयाै मानिसहरू हेर्न चाँगु, दुवाकोट ,थिमी, सिपाडोल, सुडाल,नाला,छालिङ्ग,सिरूतार, वागेश्र्वरी ,सूर्यविनायक, साँगा,साँखु र नगरकाेटवाट आई हेर्न आउने चलन छ । लिङ्गाे ५५ हातको उभ्याउँछ । लिङ्गो हात भएको ल्योसिँखेलमा जात्रा लाग्छ । भद्रकाली देवताको पश्छिमपट्टि लिङ्गो लावालस्करले तानेर जात्रा मनाउने छ । हरेक टोलटोलमा पातीहरूमा चोकमा भजन डाफाका सहि व्यक्तित्वहरूले वेला अनुसारको गित भजन गाउनु हुनेछ । यो विस्का जात्रा ८ दिन ९ रात अतुत रूपले लाग्ने छ। रथ योसिँखेलमा ठिक स्थानमा गहितिवाट रथ तानेर लगेर राखेपछि मात्र हात भएको लिङ्गो उभ्याउन संकल्प गर्नेछ । यो ल्योसिँ द्य को वन्दाेवस्त जिल्लाको गूठी संस्थानले मानिसहरू लगाई पूजाका साथ बाजागाजाका साथ सिडिआे र स्थानीय नगर पालिकाको अगुवाईमा हुनेछ । आज दिनभरी र भाेलिको रात दिन दर्शनार्थीहरूलाई दर्शन गराई भोलिको साँझ लिङ्गो ढालेर नयाँ वर्षको सुरूवाटीको दिन मान्य चलन छ । यो भक्तपुरको सन्दर्भ हो । भाेलि एका विहानै चुपिङघाटमा नदीको पानिले पहिले भए स्नान गर्न जाने चलन छ हाल नदीको प्रदुषणले त्यो परम्परामा कटाैती गरेको छ। लिङ्गो उभ्याउन सयाै युवा वुढा जात्रामा आएका पाहुनाहरूले रथ र लिङ्गो ताने चलन छ। हरेक मानिसले जात्रामा दुर्घटनावाट वचन सिपालु हुनु होला। समय मै निश्चित स्थानमा पुग्ने गर्नु होला । खान पिउने ठिक मात्र गर्नु हाेला। आ आफै सुरक्षित पनि हुनु होला । यो गर्मीको वेला छ। जात्राले सभ्यताको परिचय दिलाउँछ। जात्रा हेरी जन मानसलाई जिल्लाको परिचय दिने लिने चलन अध्यवधि छ । लिङ्गो उभ्याउने चलन पाटन काठमाण्डाै साँखु,साँगा,अन्यत्र पनि चलन छ। यो जात्रा धेरै अगिको परम्परादेखी चल्दै र चलाउँदै आएको छ थियो । विस्का जात्रा विजय उत्सवको उपलक्ष्यमा मनाउन थालेको हो । यसका किमवन्धतीहरू र कथनको आधुनिक समयमा अनुसन्धान आवश्यक छ। लिङ्गो तानेर उभ्याई रथलाई दुईतिर डोरीले बाँधेर दुईतिरै मानिसहरूले थने कोने तान्ने चलन छ । जात्रा भव्य सुन्दरको सभ्यता विश्र्वमा विस्का को जात्रा जग जाहेर थियो छ। रथ महिनाै अगाडि वनाई तयार पारेर टाैमढीमा तान्ने र लिङ्गो ल्योसिँखेलमा तानेको मज्जा आउँछ । यो वर्षको लिङ्गो र रथ तानेको हेर्न नभूल्नु होला । रथमा पनि सयाैँ मानिस र भैल नायो भैरवको मूर्ति राखेर थने कोने तानेर मज्जा लिने चलन छ। यो वर्ष चैत्र महिनाको २८ गते द्य कोहविज्यागु भै सकेर विस्का जात्रा सुरू भएको हो। अन्तमा सबै नेपालीहरूले लाईकल कमेन्ट गर्न पनि नविर्साउनुस् । २०८१/१२/३१गते, ख्वप