साहित्यकार रेणुजीलाई सम्झिदा
सुनील सापकोटा, भक्तपुर
हिन्दी कथा साहित्यका चर्चित आंचलिक कथाकार , लेखक , पत्रकार एवं राजनैतिक योद्धा स्वर्गीय फणिश्वरनाथ रेणु को जन्म ४ मार्च १९२१ मा भारतको बिहार राज्यको पूर्णिया जिल्लाको औराही हिंगना नामक गाउँमा भएको थियो। फणीश्वरनाथ रेणु प्रेमचन्द पछिको हिन्दी कथा साहित्यलाई समृद्ध बनाउने व्यक्तित्व को रूपमा अत्यन्तै श्रद्धापूर्वक सम्झिन्छन्। हिन्दी कथा साहित्यमा विशेष क्षेत्रको पीडालाई सम्पूर्ण राष्ट्रको पीडाका रूपमा प्रस्तुत गर्ने अद्वितीय शैली रेणुले विकास गरे, जुन अनौठो र अनुपम थियो। उनले हिन्दी कथा साहित्यमा 'आञ्चलिकता'को स्थापन गरे। रेणुजी बिराटनगरको चर्चित कोइराला निवासबाट केटाकेटीमा हुर्किने मौका पाएकाले लोकतन्त्र प्रेमी थिए। उनले स्वर्गीय जननायक बी .पी . कोइराला लाई भेटे पछी बि . पी . कै प्रेरणामा कोइराला परिवारमा एउटा परिवारको सदश्य जस्तो भइ खाइबसी पिताजीले खोल्नु भएको आदर्श बिद्यालयमा प्ररम्भिक शिक्षा हासिल गरेका थिए। त्यसैकारणले होला उनले सन् १९४२ को अंग्रेज़ बिरुद्धको भारतको स्वाधीनता - संग्राम, सन् १९५०मा नेपालको राणा शासन बिरुद्धको सशस्त्र बिद्रोह एवं प्रजातान्त्रिक आन्दोलन र पछी भारतमा इन्दिरा गान्धीले लोकतन्त्र मासेर इमर्जेन्सी (आपातकालिन) राज्य ब्यवस्था लागू गर्दा जे . पी .को लोकतान्त्रिक आन्दोलनमा भाग लिएर नेपाल र भारत दुबै देशमा जेल जीवन समेत बिताएको पाइन्छ। भारतमा जे. पी. आन्दोलन को बेला इन्दिरागान्धीले लोकतन्त्र मासी भारतका विभिन्न राजनीति पार्टीहरुका नेताहरु लाई जेल हालेको बिरोधमा उनले साहित्यमा पाएको " पद्म श्री " पुरस्कार लोकतन्त्रको हत्याको बिरोध स्वरुप तत्कालीन भारत सरकार लाई फिर्ता समेत गरेका थिए। रेणु जीवनभर अन्याय र शोषणको विरुद्ध लड्ने लेखक थिए। उनी सन् १९५२-५३ तिर दीर्घकालीन रोगले ग्रसित भए। त्यसपछि उनी राजनीतिको सट्टा साहित्य सिर्जना तर्फ झनै आकर्षित भए। सन् १९५४ मा उनको चर्चित उपन्यास मैला आँचल प्रकाशित भयो। कथा साहित्यसँगै उनले संस्मरण, रेखाचित्र तथा रिपोर्ताज विधामा पनि लेखन गरे। व्यक्तित्व र सिर्जनात्मकता दुवै दृष्टिले उनी अनुपम थिए। मैले हिन्दी साहित्यको त्यति अध्यन गर्न पाएको छैन । त्यैपनी वहाँले लेखेको " मैला आँचल " पढे पछी मलाई वहाँ प्रती एउटा भावनात्मक लगाव जागेर आयो। त्यसपछी वहाँले लेखेको कथामा आधारित हिन्दी सिनेमा " तिसरी कसम " धेरै पछी हेर्ने मौका पाए। त्यो सिनेमाले पनि मलाई प्रभावित बनायो। वहाँको बारेमा लेख्ने धेरै कुरा छन । तर पढ्ने लाई पनि झर्को लाग्ला । किनभने अचेल नयाँ पुस्ता किताब पढन त्यति रुचि राख्दैन । वहाँको बारेमा मैले हाम्रा नयाँ पुस्तालाई जानकारी होस भनी यो लेख लेखेको हो। त्यसमाथि वहाँको स्मृति दिवस पनि हो। अन्त्यमा , स्वर्गीय रेणुजी प्रती श्रद्धा सुमन अर्पण गर्दछु । इति।