अरनिको राजमार्गको भक्तपुर खण्ड वन्द


चैत २७, २०८१, बिहीबार | विहान ०२:२५ बजे | 60


अरनिको राजमार्गको भक्तपुर खण्ड वन्द

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवावरीसाधन आवतजावत ठप्प भएको छ । बिहीबार विहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको छ । 
प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँंगामा पहिरो गएको छ । पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरुलाई जगातीमै रोकेको छ । पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ । त्यसकारण साँंगाबाट माथि बनेपा जाने मोटरसाइकलसम्मलाई पनि प्रहरीले रोकेको छ । विहान ७ बजेदेखि गाडी प्रहरीले उता पठाएको छैन । 
 

Comments