भक्तपुरकाे ताथली क्षेत्रमा माटो बालुवा तस्करी, बदनाम भने उप मेयर बुढाथोकी


चैत १८, २०८१, मङ्गलबार | दिउँसो ०१:२४ बजे | 275


भक्तपुरकाे ताथली क्षेत्रमा माटो बालुवा तस्करी, बदनाम भने उप मेयर बुढाथोकी

भक्तपुर, २०८१ चैत १९ गते । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीस्थित नालारोड आसपासको क्षेत्र माटो बालुवा तस्करको ‘इपी सेन्टर’ बनेको छ । दिनभर सुनसान हुने त्यहाँ स्थित खानीमा रात परेपछि भने धमाधम माटो बालुवा तस्करी हुने गरेको छ । ताथलीस्थित नालारोड आसपासको क्षेत्रमा मात्रै आधा दर्जन भन्दा धेरै स्थानमा रातभर अवैध रुपमा खानी संचालन भइरहेको पाइएको छ । काठमाडौं क्यान्सर सेन्टर र देवी उच्च मा वी आसपारको क्षेत्रमा त कुनै ठूलो राष्ट्रिय गौरवको आयोजना संचालन भए जस्तै गरी अवैध रुपमा माटो बालुवा उत्खनन हुने गरेको छ । विडम्बना नै भन्नु पर्छ काठमाडौं क्यान्सर सेन्टरले त माटो ओसार पसार गर्न आफ्नो गेट नै प्रयोग गर्न दिइ रहेको छ । दिनभर ताला लाग्ने अस्पतालको साहायक गेट रात परेपछि मात्र खुल्ने गरेको स्थानियको आरोप छ । चाँगुनारायण नगरपालिकाले २०८१ फागुन २५ गते सूचना नै जारी गरी घर निर्माणका लागि नक्सा पेश भएको अवस्थामा बाहेक घर घडेली सम्याउने नाममा माटो ओसार पसार गर्न अनुमती नदिने र यदी गरेको पाइए कारवाही गर्ने निर्णय समेत प्रकाशान गरेको छ । तर, माटो बालुवा ओसार पसारमा संलग्नहरुले भने उप प्रमुख रमेश बुढाथोकीको नाम बदनाम गर्दै अवैध रुपमा काम गर्दै आएका छन् । यस विषयमा उप प्रमुख बुढाथोकी भने अनविज्ञ देखिएका छन् । अवैध रुपमा हुने माटो बालुवा ओसार पसारमा बुढाथोकी कै नाम बदानाम हुदै आएपछि उहाँले अनुगमलाई तिब्र पार्दै आउनु भएको छ । उप प्रमुख बुढाथोकीले अनुगमलाई तिब्र पारेपनि नगरपालिका भित्रैबाट सूचना चुहिदा अनुगमना गएका नगर प्रहरी रित्तै हात फर्किन बाध्य छन् । पछिल्लो समय चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ मा मात्रै नभई वडा नम्बर १, ३, ४ लगायतका क्षत्रेमा पनि रातको समयमा अवैध रुपमा माटो बालुवा तस्करी हुने गरेको छ । यता, स्थानियहरुले भने स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि, प्रहरी प्रशासन कै मिलेमतोमा अवैध रुपमा माटो बालुवा ओसार पसार भएको आरोप लगाएका छन् ।

Comments