जेन्जीहरुमा अन्तर्राष्ट्रिय खानाप्रति छुटै रुचि


2025-03-24 11:40:45

News Image

कुसुम थापा 
जेन्जी शब्द आफै एउटा नयाँ कुरा हो, जुन हतपत सबैले बुझ्न सक्दैनन् । सन् १९९५ देखि सन् २०१० भित्रका युवायवतीहरुलाई नयाँ नामको स्वरुप जेन्जी भने गरिन्छ । उनीहरुको लवाईखवाईमा पहिलाको मान्छेहरुको भन्दा निकै  फरकपन पाएको हामीले देख्न सक्छौं । यस समुहका मानिसहरू आफैमा युनिक पर्सनालिटी बोकेका छन् । कोही दोस्रो मान्छेको भनाईलाई बेवास्ता गरी आफ्नो विचारमा चल्नसक्ने व्यवहार उनीहरुमा रहेको छ । उनीहरुले बोल्ने भाषा, लगाउने लुगा, खाने खानेकुरादेखि लिएर कपालको बनावटसमेतमा उनीहरूको छुटै रुचि रहेको पाउन सकिन्छ ।
कयौ विदेशीहरू नेपालमा नेपाली परिकारहरू जस्तै दालभात, ढिँडो, गुन्द्रुक, मःमः जस्ता अन्य खानाहरूमा रमाउने गर्छन् र नेपाली खानालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने गर्छन् । तर  हालको समयमा नयाँ पुस्ता वा जेन्जीका रूपमा चिनिने युवायवतीहरू बढी मात्रामा अन्तर्राष्ट्रिय खानातर्फ बढी चासो दिइरहेका छन् । जसमा इन्टरनेशनल फुड जस्तैः– सुसी, पास्ता, लफिङ, रमेन् नुडल्स, कीमा नुडल्स, आदि इत्यादि पर्छन्, जुन हेर्दा एकदमै स्वादिलो र नेपाली खाना भन्दा फरक देखिन्छन् । हेर्दै खाउखाउ लाग्ने हुँदा धेरै मान्छेहरु त्यसमा आकर्षित हुने गर्छन् । बढी मान्छेले रुचाउन थालेपछि पछिल्लो समयमा धेरै भन्दा धेरै यस्ता बाहिरी वा इन्टरनेशनल फुड पाउने पसलहरु खुलेका छन् ।
किन जेनजीहरू अन्तर्राष्ट्रिय खानाप्रति बढी आकर्षित भइरहेका छन् भन्ने विषयमा अध्ययन गर्दा विभिन्न कारणहरू पत्ता लगाइयो । अहिलेका जेन्जीहरुमा नयाँ–नयाँ विषयप्रति प्रयोगात्मक गर्ने रुचि देखाउँछन् । सोसल मिडियामा चलेको प्रचलनलाई पछ्याउने र त्यसलाई नक्कल गर्न र केही जेन्जीहरुले उक्त खानाहरू प्रयास स्वरुप खाने गर्छन् । बाहिरी खाना खाँदा एउटा स्तर मेन्टेन भएजस्तै ‘फेसन’को रूपमा लिइरहेको पाइन्छ । अरूको सामु आफूलाई ‘प्रोपोर’ देखाउनको लागि पनि मान्छेहरूले बाहिरी खानालाई बढी प्रोत्साहन दिइरहेका हुन्छन् । जेन्जीहरुमा बाहिरी खाना आउनुको अर्को प्रमुख कारणका रुपमा, उनीहरु बाहिरी मिडिया बढी मात्रामा हेर्नु हो । त्यहीहरुबाट प्रभावित भएर जेन्जीहरूले बाहिरी लवाई,खुवाई झन् भन्दा झन् बढी मात्रामा उनीहरु अघि बढिरहेको हामीले देख्न सक्छौ ं।
अहिलेको समय प्रायः मानिसहरुले मूकबाङ वा फुड ब्लगहरुबाट खानाहरु खाएका भिडियोहरु बनाएर राख्ने गर्छन । जुन बढी भन्दा बढी मात्रामा जेन्जीहरूले हेर्न रमाउँछन । त्यसैको कारणले या भिडियो बनाउनका लागि पनि जेन्जीहरुले बाहिरी खानेकुराहरु खाने गर्दछन् । आफूलाई सजिलो बनाउन र तन्नेरी महसुस गर्नका लागि पनि मान्छेहरूले बाहिरी खानाप्रति आकर्षित भइरहेका छन् । जेन्जी विमला भन्छिन् “मलाई त बाहिरको खाना एकदम मिठो लाग्छ, नयाँ स्वाद अनि नयाँ परिकार अरूले खाको देख्दा नि खाउखाउ लाग्छ ।“
हुन त समय अनुसार चल्दै जाँदा नयाँ कुराकोबारे जानकारी हुनु राम्रो पनि हो । अहिलेको अवस्थामा यस्तो कुराहरु थाहा नहुँदा आफैलाई अफ्ठ्यारो पर्ने र आफ्नो साथीभाइ सरह चल्न सकेन भने एक्लो पर्न सकिन्छ । आफ्ना साथीहरूसँग रमाइलो गर्न र समय बिताउन आफ्ना कुराहरु एकअर्कालाई भन्नका लागि पनि यो एउटा राम्रो अवसर हो । बाहिरी खानाहरुले मान्छेहरुलाई अहिलेको समयमा खुसी पार्न सकेको र चित्त बुझाउन सकेकाले पनि यस्ता खानाहरुले बढी प्राथमिकता पाउन सकेको हामीले देख्न सक्छौ । 
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *