दुनोट पसलमा आगलागी ः झण्डै १२ लाखको क्षति
चैत २, २०८१, आइतबार | दिउँसो ०३:०६ बजे | 20
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मध्यपुर ठिमी अस्पताल नजिकै दुनोट फ्याक्ट्रीमा आइतबार आगलागी भएको छ । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली खटिई गई प्रहरी, स्थानीय बासिन्दाहरु र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला काभ्रपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. ४ घर भई हाल सोही स्थानमा जग्गा भाडामा लिई दुनोट फ्याक्ट्री संचालन गर्दै आएका वर्ष २३ को सनिस श्रेष्ठको दुनोट फ्याक्ट्रीमा करेन्ट सर्ट भई आगलागी भएको भन्ने खुल्न आएको र सो आगलागीबाट आसपासमा रहेका निम्न व्यक्तिहरुले संचालन गर्दै आएका पसल तथा व्यवसायहरु समेतमा क्षती भएको जनाएको छ । आगलागीबाट अन्दाजी रु. ११,७२,७००÷– (एघार लाख बहत्तर हजार सात सय) बराबरको धनमाल जली नष्ट भएको जनाइएको । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
निम्नः–
१. जिल्ला काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. ४ घर भई जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा दुनोट फ्याक्ट्री संचालन गरी बस्ने वर्ष २३ को सनिस श्रेष्ठको दुनोट फ्याक्ट्री भित्र रहेको अन्दाजी रु.१,३८,७००।–(एक लाख अरतीस हजार सात सय) बराबरको धनमाल जली नष्ट भएको ।
२. जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ घर भई हाल ऐ.ऐ. स्थानमा खाजा होटल संचालन गरी बस्ने वर्ष २० को समित बाँनियाको अन्दाजी रु. ३,०२,२००।–(तिन लाख दुई हजार दुईसय) बराबर धनमाल जली नष्ट भएको ।
३. जिल्ला भक्तपुर सूर्यविनायक नगरपलिका वडा नं. ४ शिकारी टार घर भई हाल ऐ.ऐ. स्थानमा मोटरसाइकल वर्कसप संचालन गरी बस्ने वर्ष २४ को सुमन श्रेष्ठलेको अन्दाजी रु. ८,०००।–(आठ हजार) बराबर धनमाल जली नष्ट भएको ।
४. जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. १ सिरूटार घर भई हाल ऐ.ऐ. स्थानमा मसला पसल संचालन गरी बस्ने वर्ष ४५ को यम बिक्रम कार्कीको अन्दाजी रू.३,१९,०००।–(तिन लाख उन्नाईस हजार) बराबर धनमाल जली नष्ट भएको ।
५. जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. २ घर भई ऐ. स्थानमा तोफु पसल संचालन गरी बस्ने वर्ष ४५ को राजेन्द्र कुमार श्रेष्ठलेको पसलमा अन्दाजी रु. ४,०४,८००।–(चार लाख चार हजार आठ सय) बराबरको धनमाल जली नष्ट भएको ।