तछुटोलबाट लागू औषधसहित एकजना युवक पक्राउ 


2025-03-15 10:36:27

News Image

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ४ तछुटोलबाट लागूऔषधसहित एकजना मानिसलाई पक्राउ गरेको छ । लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तत्कालै प्रहरी वृत ठिमीबाट प्रहरी टोली खटिई गई उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा मोरङ शनिश्चरे स्थायी वतन भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ तछुटोलस्थित कोठा भाडामा बस्ने वर्ष २१ को विकेश मगर रहेको प्रहरीले जनाएको छ । 
कोठा खानतलासी गर्दा २९ वटा एम्पुल नफुटेको र फुटाएको २१ वटा एम्पुल, ३० वटा एम्पुल नफुटेको र फुटाएको एम्पुल २० वटा, एम्पुल २५ वटा नफुटेको र फुटाइएको १९ वटा गरी जम्मा १४४ वटा एम्पुल लागू औषध सहित निजले प्रयोग गर्दै आएको सामसुङ कम्पनीको मोबाइल थान १ र नगद रु.५६,००० (५६ हजार मात्र) बरामद गरी फेलापारी निजलाई नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला अदालत भक्तपुरबाट २०८१।१२।०१ गतेबाट लागू हुने गरी ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *