गुण्डूमा भयानक दुर्घटना ः केही घाइते
फाल्गुन २९, २०८१, बिहीबार | विहान १०:०२ बजे | 90
भक्तपुर । भक्तपुरको गुण्डूमा विहीबार दिउँंसो भयानक दुर्घटना भएको छ । दुर्घटनामा परेर केही घाइते भएका छन् । दुर्घटनाको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनिरहेको छ । भिडियो अनुसार सूर्यविनायकबाट अत्याधिक तीव्र गतिमा एउटा निजी गाडी तीव्र गतिमा गुडेको देखिन्छ । गुण्डू जाने सुवर्णेश्वर मन्दिरबाट तीव्र गतिमा आएको त्यो गाडी तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ पल्टेको देखिन्छ । गाडी पल्टिंदा गाडीमा रहेका तीन चार जना मानिसहरु खसेको देखिन्छ । तीव्र गतिमा आएर पल्टेकै कारण गुण्डूबाट आइरहेको एउटा मोटरसाइकल दुर्घटनामा पर्ने डरले नियन्त्रणमा लिंदा आफै सडक छेउ लडेको देखिन्छ ।