दुर्घटनामा परी एकजनाको मृत्यु
पुष १०, २०७७, शुक्रबार | दिउँसो ०१:३८ बजे | 10
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श महेश्वरी पेट्रोलपम्प पुल नजिक शुक्रबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ना ६ ख ३९८२ नं.को भैसी बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँंदा ट्रक चालक जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने बर्ष ३० को कैमोदिन अन्सारी मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार ट्रकको ढोकामा च्यापिएकोे अवस्थामा भेटिएको थियो । उनलाई क्रेनको सहायताले ट्रकलाई हटाई हेर्दा घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । ट्रकमा रहेका ११ वटा भैसीहरु सामान्य घाइते भएका परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।
मृतक अन्सारीको घटनास्थल तथा लाश जाँच प्रकृतिको कार्य सम्पन्न गरी पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । अरनिको राजमार्गमा जगातीबाट सूर्यबिनायकतर्फ आउदै जनाइएको छ ।