मोटरसाइकलको ठक्करबाट पैदलयात्री गोलमढीकी ७० वर्षीया तुलसीमाया मृत्यु


फाल्गुन १८, २०८१, आइतबार | विहान १०:०१ बजे | 80


मोटरसाइकलको ठक्करबाट पैदलयात्री गोलमढीकी ७० वर्षीया तुलसीमाया मृत्यु

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् । 

उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते थिए ।

उपचारका लागि सूर्यविनायक नगर अस्पतालमा लगिएको शनिबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलकै ठक्करबाट तीन जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Comments