मित्रकुञ्जबाट “नेपालको संस्कृति र सम्पदाको पहिचान” संवाद कार्यक्रम


2025-02-23 04:15:47

News Image

भक्तपुर । मित्रकुञ्जको थिङक ट्यांक कमिटी द्वारा “नेपालको संस्कृति र सम्पदाको पहिचान” संवाद कार्यक्रम आयोजन भयो । रुसी सदन काठमाण्डौमा भएको उक्त कार्यक्रमको उदघोषण मित्रकुञ्जका महासचिव कर्णेल (रिटायर्ड) ई. सन्जय श्रेष्ठले गरेका थिए ।
मित्रकुञ्जका उपाध्यक्ष तथा थिङक ट्यांक कमिटी सदस्यसचिव ई. रामविन्दु श्रेष्ठले सोभियत रुसबाट अध्ययन गरेका विज्ञहरुले विगत ६५ वर्ष देखि मुलुकको शिक्षा, सस्थ, इन्जिनियरिंग आदि क्षेत्रमा योगदान गर्दै आइरहेको र यो हजारौ विज्ञहरुको पुञ्ज मित्रकुञ्ज आफैमा राष्ट्रको यौटा थिङक ट्यांक भएको भन्दै कार्यक्रमको महत्व र प्रस्तुतकर्ताहरुको परिचय दिनु भयो ।
कार्यक्रमको शुरुमा वरिष्ठ इन्जिनियर एवं बहुआयामिक विज्ञ इन्जिनियर बदन लाल न्याछ््यो ज्यूले मुलुकको सम्पदाको वस्तुस्थिति बारे प्रकाश पार्नु भयो । वहाँले ः स्वयम्भूले दुइ आँखाको अर्थ उसले नझिम्काइकन हाम्रा गतिविधिहरु नियालिरहेका छन् । नेपाल बौद्धयान, शैवयान, वैष्णवान सबै मिलेर  उपत्यकालाई बस्न योग्य बनाउन सहअस्तित्वको अभ्यास गरेको देश हो, संसारमा कहिँ नभएको मूल्य मान्यता भएको देशको सम्पदालाई संरक्षण गर्नुपर्छ भन्नु भयो । 
सरकार र सरोकालवालाहरुको बेवास्ताबाट अलपत्र नमूनाहरुको दृष्टान्त प्रस्तुत गर्दै  न्याछ्योले ‘जीवन्त प्रमाण नष्ट गरी इतिहास मेटाउने देश बन्न दिनु हुदैन’, सम्पदाको खरानी माथि विकास उभिन सक्दैन भन्नुभयो । वहाँले रानी पोखरी मन्दिरमा प्रताप मल्लले  बनाएको यो नै हो भन्ने कुरा अब के बाँकी छ र ? काठमाण्डौका मन्दिरहरु जोखिममा रहेको र युनेस्कोले समेत उपत्यकालाई  विश्व सम्पदा सूचीबाट हटाउन सकिने बारम्बार चेतावनी दिइरहेको भन्दै संस्कृति र सम्पदा संरक्षणका कमी कमजोरीहरुको विश्लेषण प्रस्तुत गर्नुभयो । 
सम्पदा संरक्षणका लागि निर्माण व्यवसायी छनौट गर्दा योग्यताभन्दा ठेक्कापट्टा घटाघट गर्ने प्रणाली घातक रहेको, धेरै विश्वप्रसिद्ध सम्पदाहरु पुनःनिर्माण गर्दा हचुवाको आधारमा गरिएकाले तिनले आफ्नो मूल स्वरुप गुमाएको सन्दर्भमा यसले “कुनै राष्ट्रलाई खत्तम पार्नु छ भने पहिले त्यसको संस्कृतिलाई नष्ट गर” भन्ने कर्णेल डेनियलको कथनलाई त चरितार्थ गर्दैन भन्नुभयो ।
उपत्यकाकै तीन नगरपालिकाहरु बीच समन्वयको अभाव भएको , सार्क सम्मेलनको क्रममा बहुमूल्य मूर्तीहरु सफा गर्दा एसिड प्रयोग गरी चिरा परेको कुराहरु पाठको रुपमा लिनुपर्छ वहाँको कथन थियो । यसक्रममा वहाँले पुराना सम्पदाको पुनउत्र्थान गर्दा नोट्रेडाम फ्रान्स र कोरियाको  र नेपालको चण्डेश्वरी मन्दिर र पुल्चोकको पाटीबाट पाठ सिक्नुपर्ने बताउनु भयो । 
सम्पदाको पुनर्निर्माण र पुनस्र्थापन गर्दा डिजाइन चरण देखि नै इन्ची इन्चीको नक्सा तयार गरी संस्कृति तथा सम्पदा संग सरोकार राख्ने ब्यक्तिहरुसंग लामो छलफल गरि कार्यान्वयन गर्दा सम्पदाले जिबन्तता पाउन सक्दछ ।  दिर्घकालिन नीतिगत सुधार गर्नुपर्ने, युनेस्को सूचीकरणका लागि मूर्त तथा अमूर्त सम्पदाको सूची तयार गर्नु पर्ने, सबै पूर्वाधार तथा शहरी विकास परियोजनाहरू कार्यान्वयन गर्दा  सम्पदामा हुने प्रभाव मूल्यांकन अनिवार्य गर्ने, राष्ट्रिय सम्पदा परिषद् स्थापना गरि  एकद्वार प्रणालीबाट  कार्य गर्नुपर्ने वहाँको सुझाव थियो ।  
कार्यक्रमको मुख्य प्रस्तुतिलाई वरिष्ठ इतिहासविद प्रोफेसर  एवम अनुसन्धानकर्ता डा पुरुषोत्तम लोचन श्रेष्ठ ज्यू सारगर्भित  टिप्पणी गर्नु भएको थियो । आफ्नो समीक्षाको क्रममा वहाँले संस्कृति र सम्पदाको पहिचान र संरक्षणको विषयलाई प्राथमिक विद्यालय देखि विश्वविद्यालय सम्म पाठ्यक्रमको रुपमा राख्नुपर्छ भन्नु भयो । 
कार्यक्रमको बीचमा रुसी सदनकी पुस्तकालय विभाग प्रमुख भावना न्यौपानेले पुस्तकालय र सास्कृतिक सम्पदा संरक्षण सम्बन्धि हालैमात्र आफुले हासिल गरेको अन्तराष्ट्रिय सेमिनारका अनुभव सहभागीहरुलाई सुनाउनु भयो ।
थिङक ट्यांक कमिटीका संयोजक काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा गजेन्द्र शर्मा ज्यूले दुवै विद्वत वर्गको भनाइ लाई संस्लेषण गर्दै निचोडात्मक प्रस्तुति संगै धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा मित्रकुञ्ज अध्यक्ष सुष्मा खत्री रन्जितले दुबै प्रस्तोतालाई मायाको चिनो प्रदान गर्नुभयो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *