बाइक चोरी गर्ने २ जना पक्राउ


पुष ८, २०७७, बुधबार | विहान १०:१४ बजे | 35


भक्तपुर । मोटरसाकइकल चोरी गर्ने दुई जना पक्राउ गरेका छन्। सिन्धुपालचोक ईन्द्राबती गाउपालिका ७ घर भई हाल भक्तपुर कौश्लटार बस्ने २७ वषीय राज कुमार मिजार र सर्लाही बरहथबा घर भई हाल ललितपुर गोदाबरी बस्ने २३ वर्षीय अनिस बस्नेत लाई प्रहरीले पक्राउ  गरेका हुन्।
मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ सुकुम्बासी बस्तिस्थित बा ९३ प ७२४५ को बुलेट मोटरसाइकल सहित दुईजनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत थिमीका प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताए। सोधपुछको क्रममा लु.६१ प १८५२ नं.को पल्सर मोटरसाईकल समेत चोरी गरी मनहराखोला किनारमा लुकाई राखेको भनि फेला परेको कँडेलले जानकारी गराए।
पुस ५ गते मध्यपुर थिमी वडा नम्बर १ लोकन्थली मनहराबाट जिल्ला सर्लाही बागमती न.पा.९ घर भई हाल भक्तपुर लोकन्थली मनहरा बस्ने श्रीकृष्ण श्रेष्ठको बा ९३ प ७२४५  को बुलेट मोटरसाईकल चोरी भएको उजुरी आएपछि खोजतलासको क्रममा फेला गरेको उनले बताए।
अदालतबाट निजहरूको म्याद लिई थप अनुसन्धान भईरहेको उनले जानकारी गराए।


Comments