विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई व्यक्तिहरु पक्राउ


फाल्गुन २, २०८१, शुक्रबार | साँझ ०४:५९ बजे | 10


विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई व्यक्तिहरु पक्राउ

भक्तपुर । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा पठाउने भनेर ठग गर्ने दुईजना व्यक्तिहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । क्यानाडा, अजरबैजान र मोरिसस लैजाने भन्दै पीडितहरुलाई लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहिन भएकोलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी १४ (चौध) जना व्यक्तिहरुबाट रकम रु. ७१,७०,०००।– (एकहत्तर लाख सत्तरी हजार) ठगी गर्ने निम्न व्यक्तिहरुलाई भक्तपुरको विभिन्न स्थानहरुबाट पक्राउ गरेको जनाएको हो । उनीहरुलाई मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम सम्मानित जिल्ला अदालत भक्तपुरबाट दिन ५ (पाँच) दिन म्याद थप भई अनुसन्धान भइरहेको जनाइएको छ । 
पक्राउ व्यक्तिहरुः
१.    नामथर ः गणेश बहादुर थापा
उमेर ः ४१ वर्ष 
वतन ः जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं. ७ 
हाल बस्ने ः जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट 
२.    नामथर ः दिनेश प्रसाद अधिकारी 
उमेर ः ३९ वर्ष 
वतन ः जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ४ काफ्लेचोक 
हाल बस्ने ः जिल्ला काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. ६ बनेपा

Comments