फरार अभियुक्त पक्राउ
पुष ८, २०७७, बुधबार | विहान ०५:११ बजे | 5
भक्तपुर । विभिन्न मुद्दामा कैद र जरिवान तोकिई फरार रहेका प्रतिवादिहरूलाई पक्राउ गरी दाखिला गर्नहुन भनी सम्मानित जिल्ला अदालत भक्तपुरबाट मिति २०७३ चैत्र १७ गते फैसला भएकोमा कार्यान्वयन हुन बाँकी लगत नम्बर ४२६ भनि खुली आएका भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ चापाबोट बस्ने चित्र बहादुर दाहालको छोरा बर्ष २७ को सरोज दाहाललाई महानगरीय प्रहरी वृत्त जगाती मातहत रहेको महानगरीय प्रहरी प्रभाग सुडालले मिति २०७७ पुष ०६ गते पक्राउ गरी सम्मानित अदालत भक्तपुर दाखिला गरेकोमा निज प्रतिवादी उपर ११ महिना ४ दिन कैद र पाँच हजार जरिवान कैद भुक्तानकालागी आज मिति २०७७ पुस ०६ गते सम्मानित जिल्ला अदालत भक्तपुरको पत्रादेश द्वारा श्री कारागार कार्यालय जगन्नाथ देवाल काठमाण्डौ थुनामा राख्न पठाएको थियो ।