झौखेलमा दुर्घटना, ७२ वर्षीया बृद्धाको मृत्यु ः सितिखू पक्राउ 


फाल्गुन २, २०८१, शुक्रबार | विहान १०:०७ बजे | 5


झौखेलमा दुर्घटना, ७२ वर्षीया बृद्धाको मृत्यु ः सितिखू पक्राउ 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ कोल्पाकोट ओरालोमा शुक्रबार भएको दुर्घटनामा परी एकजना बृद्धाको ज्यान गएको छ । व्यासीबाट झौखेलतर्फ जादै गरेको प्रदेश ३–०१–००३ क ४६३७ नम्बरको  निशान गाडीले पैदलयात्री चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेल बस्ने बर्ष ७२ की केकई मग्रराती मगरलाई ठक्कर दिदा गम्भिर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको लागि काठमाडौं मेडिकल अस्पताल दुवाकोट भक्तपुर लगेकोमा उपचारकै क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने बर्ष ५४ को ईन्द्रनारायण सितिखू जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानाले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइइरहेको जनाइएको छ ।
 
 

Comments