मुद्दा परेको १० वर्षपछि दोषी ठहर
फाल्गुन १, २०८१, बिहीबार | विहान ०४:३१ बजे | 120
सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता एवं पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव निर्मल कुइँकेलसहित ९ जनालाई मुद्दा परेको १० वर्षपछि दोषी ठहर गरेको छ ।
१. कुइँकेललाई ६ वर्ष कैद सजाय र रू ८३ लाख ४१ हजार बिगो त्यति नै जरिवाना हुने फैसला।
२. पशुपति क्षेत्र विकास कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद सजाय, रू ९१ लाख ६३ हजार बिगो र त्यति नै जरिवाना हुने।
३. महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद सजाय रू ७८ लाख ५३ हजार बिगो र त्यतिनै जरिवाना हुने।
४. काठमाडौँ जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद, रू ६२ लाख ३७ हजार बिगो र त्यति नै जरिवाना।
५. अर्का स्थानीय विकास अधिकारी प्रेमराज जोशीमाथि ६ महिना कैद सजाय, रू २ करोड ३७ लाख बिगो र त्यति नै रकम जरिवाना।
६/७ काठमाडौं जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल, राजुकुमार रेग्मीलाई पनि जोशीकै सरह कैद र जरिवाना।
८. बालुवाखानीको ठेक्का पाएका बच्चराम दाहालबाट रू १२ करोड ९९ लाख असुल्नुपर्ने।
९. अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार असुल्नुपर्ने। नियम विपरीत बालुवाखानी सञ्चालनको स्वीकृति दिएर पशुपतिनाथको आम्दानी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई ठेकेदार सहित ९ जना विरुद्ध २०७१ साल माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिशेषले सफाई दिएको थियो। ( प्रशासनिक)