अभियन्ता आशिका तामाङलाई शुक्रबारसम्म भक्तपुरको जगती प्रहरी चौकीमा राखिने


माघ १५, २०८१, मङ्गलबार | दिउँसो ०३:०७ बजे | 20


अभियन्ता आशिका तामाङलाई शुक्रबारसम्म भक्तपुरको जगती प्रहरी चौकीमा राखिने

भक्तपुर । अभियन्ता आशिका तामाङलाई शुक्रबारसम्म भक्तपुरको जगती प्रहरी चौकीमा राखिने भएको छ । तामाङको टिमले दिएको जानकारी अनुसार उनलाई तीन दिनसम्म त्यहाँ राखिने भएको छ ।
टिमका अनुसार जगतीबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने तयारी गरिएको छ । ’सरकार सञ्चालन गरिरहेको पार्टीको भातृ सङ्गठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्नमा आएको छ,’ टिमले भनेको छ ।
तामाङलाई गत माघ २ गते अभद्र व्यवहार गरेको भन्दै स्वयम्भू वृत्त टोलीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको थियो । गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

Comments