साँगाको झोलुंगे पुल ः आशिका तामाङ भक्तपुर प्रहरीबाट पक्राउ
माघ १४, २०८१, सोमबार | दिउँसो ०३:१४ बजे | 50
भक्तपुर । अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ १० हजार धरौटीमा रिहा भएकी छिन् । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गरिएको छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई प्रहरी बृत जगाती भक्तपुरमा राखिएको छ । उनमाथि भक्तपुरमा साँंगाको झोलुंगे पुलमा अभद्र व्यवहार भएको उजुरी परेको थियो । साँंझाको झोलुंगे पुलमा सूर्यविनायक नगरपालिकाले पुल तर्न शुल्क लिने गरेको भन्दै त्यहाँं पुगेर टिकट जलाइदिने, बोर्डहरु तोडफोड गर्ने लगायतका काम गरेकी थिइन् । त्यसैविरुद्ध उनीमाथि सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले उजुरी गरेका थिए ।