दुर्घटनामा परी आमाको मृत्यु ः ती वर्षकी छोरी घाइते


माघ १०, २०८१, बिहीबार | विहान ०६:३६ बजे | 25


दुर्घटनामा परी आमाको मृत्यु ः ती वर्षकी छोरी घाइते

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ दिव्यश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट मगर गाँउतर्फ जाँदै गरेको बा. प्र. ०१–०२७ च. ९२७ नं. को कारलाई  सोही दिशातर्फ जाँदै गरेको बा. ५० प. ७४१ नं. को मोटरसाइकलले ठक्कर दिंदा मोटरसाइकल चालक भोजपुर पात्लेपानी गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौ पेप्सिकोला बस्ने वर्ष २९ को राजु राईको श्रीमती वर्ष २३ की सपना राईको मृत्यु भएको हो । 
गम्भीर घाइते भई उपचारको लागि मदरल्याण्ड अस्पताल पेप्सीकोला काठमाडौ लगिएको र पछि थप उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लाश सोही अस्पतालमा रहेको निजकी छोरी वर्ष ३ की ईश्वरी राई उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । सवारी साधन र कार चालक रामेछाप सुनापाती गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौ बुढानिलकण्ड नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३४ को कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको परिसरका निमित सूचना अधिकृत टेकेन्द्र शर्मा पौडेलले जनाए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । 

    
 

Comments