मनोहरामा खोलामा मृत अवस्थामा भेटिए पुरुष
माघ ४, २०८१, शुक्रबार | विहान ११:२२ बजे | 30
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ मनहरास्थित वि.पी. आँखा अस्पताल नजिक मनहरा खोलामा शुक्रबार एकजना पुरूष व्यक्ति मृत्त अवस्थामा फेला परेको छ । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान गर्ने क्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमी डेरा गरी बस्ने वर्ष ४५ को लेल्का उराउ रहेको भनी निजको छोरा वर्ष १८ को समिर उराउले सनाखत गरेको प्रहरीले जनाएको छ । लाश पोष्मार्टमको लागि काठमाडौ मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।