भर्खरै गयो काठमाडौं उपत्यकामा भूकम्प
पुष २९, २०८१, सोमबार | दिउँसो ०१:४१ बजे | 35
काठमाडौं । काठमाडौं उपत्यकामा भर्खरै भूकम्पको धक्काको महशुश भएको छ । भूकम्पको धक्का महशुश भए पनि ठूलो नआएका कारण कहीकतै क्षति नहुने अनुमान गरिएको छ । यसैवीच जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९ः१९ बजे गएको हो । जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ । स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन् ।