स्कुटी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती अस्पताल भर्ना
पुष १९, २०८१, शुक्रबार | विहान ०८:२५ बजे | 110
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ सानोठिमीमा सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं. को स्कुटी आँफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भक्तपुर सानोठिमी धुन्चेपाखा बस्ने वर्ष ३१ को निश्चल प्रकासराज भण्डारी गम्भिर घाइते भई उपचारको लागि भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएकोमा थप उपचारको लागि नर्भिक अस्पताल काठमाडौ रिफर गरी लगिएकोमा उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको हो । शव पोष्मार्टमको लागि टिचिङ अस्पताल काठमाण्डौ लगिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । स्कुटी पछाडि सवार निजकै श्रीमती वर्ष २८ की पुजा श्रेष्ठको नर्भिक अस्पताल काठमाण्डौमा उपचार भइरहेको परिसरले जनाएको छ । सवारी साधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा रहेको जनाइएको छ । घटना सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।