हेल्मेट डाँडा स्थित रिसोर्टमा बालिकाहरुलाई जबरजस्ती करणी
पुष १, २०७७, बुधबार | दिउँसो ०२:२० बजे | 110
भक्तपुर । मिति ३० गते दिउँसो अन्दाजी १५ः०० बजेको समयमा चाँगुनारायण नगरपालिका वडा नं ०७ हेल्मेट डाँडा स्थित बाटो माथीको रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई ललाई फकाई रेष्टुडरेन्टमा जागिर दिने प्रलोभन देखाई बालिकाहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसंग यौनजन्य कार्यका लागी बालिकाहरुलाई जबरजस्ती पठाउने गरेको छ भन्ने बिशेष सुचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्र.नि. शशीधर शर्माको नेतृत्वमा प्रहरी टोली पठाई चेकजाँच गर्दा एक जना १७ बर्षीय बालिकाले मलाई ईच्छा बिपरित प्रलोभनका साथै डर, धाक धम्की दिई जबरजस्ती ग्राहकसंग पठाई निश्चिल उपाध्यायले रिसोर्टको कोठामा ढोका बन्द गरी जबरजस्ती करणी गरेको भनी बताएकी हुँदा उक्त कार्य गराउन जबरजस्ती रिसोर्टको कोठामा पठाउने सोही रिसोर्टमा वेटरमा काम गर्ने निम्न लिखित वतनको प्रदिप कुँवर र जबरजस्ती करणी गर्ने निश्चकल उपाध्यायलाई कानुन बमोजिम नियन्त्रणमा लिई पीडित बालिकाले निजको फुपुको रोहबरमा दिएको जबरजस्ती करणीको जाहेरी दरखास्तको आधारमा भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान गर्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको ।
बझाङ थलारा गा.पा. वडा नं. २ स्थायी घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. शान्तिनगर बस्ने बर्ष २६ को निश्चनल उपाध्याय ।
तनहु म्याग्दे गा.पा. वडा नं. ७ रानीश्वा रा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. ७ स्थित बाटो माथीको रिसोर्टमा काम गर्ने बर्ष २० को प्रदिप कुँवर ।
साथै खटिएको प्रहरी टोलीलाई चेकजाँच तथा सोधपुछ गर्दा अवरोध पुर्या ई अभद्र ब्यवहार गर्ने सोही रिसोर्टमा काम गर्ने निम्न लिखित वतन भएका प्रदिप के.सी. र अश्विान कुँवरलाई अभद्र ब्यवहार अन्तर्गत थप अनुसन्धान भईरहेको ।
काभ्रेपलाञ्चोक भुम्लु गाउपालिका वडा नं. २ डटुवा स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ७ स्थित बाटोमाथीको रिसोर्टमा काम गर्ने बर्ष २१ को प्रदिप के.सी. ।
गोरखा गोरखा न.पा. वडा नं. ९ लक्ष्मीबजार स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ७ स्थित बाटोमाथीको रिसोर्टमा काम गर्ने बर्ष २२ को अश्विरन कुँवर ।