भक्तपुरको कुखुरा फार्ममा आगलागी हुर्दा १५लाखको क्षति
पुष १, २०७७, बुधबार | दिउँसो ०१:५१ बजे | 0
भक्तपुर । भक्तपुरको कुखुरा पोल्टि फार्ममा आगलागी हुर्दा प्रन्ध लाखको क्षति भएको छ। बुधवार चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुरमा रहेको फार्ममा आगलागी भएको हो। ४६ वर्षीय दिपक गिरीले सञ्चालन गरेको गहुको छ्वालीले छाएर बनाएको चाँगुनारायणकुखुरा पोल्टि फर्ममा आगोलागी भएको प्रहरीले जनाएको छ।
फर्म पुर्ण रुपमा जलेका कारण उक्त फर्म (टहरा)मा रहेको प्यारेन्ट जातीको कुखुरा अं २७०० वटा जली अन्दाजी रु १५ लाख) बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले जनाएका छन्।
महानगरीय प्रहरी प्रभाग सुडाल प्रहरी टोली र स्थानीयहरुको सहयोगमा मितिको १ः४० बजे समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको गिरीले जानकारी गराए । गँहुको छ्वालीले छाएको टहराहरु भएको हुँदा भुषे चुलोबाट अचानक आगो सल्किई तिब्र गतिमा फैलिएको थियो, गिरीले भने। मानविय क्षती नभएको नभएको उनले बताए।