बालकोट घटना ः आत्मसमर्पण होइन, पक्राउ परेको हो (विज्ञप्तिसहित)
पुष ९, २०८१, मङ्गलबार | दिउँसो १२:४७ बजे | 80
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट फिकाधारामा बुबा र भाइको हत्या गरी आत्मसमपर्ण गरिएका भनिएका व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मृत्तकको जेठा छोरा वर्ष २६ को मिलन आचार्यलाई हुलियाको आधारमा प्रहरी वृत्त महाराजगन्ज काठमाडौंबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ महाराजगन्ज भाटभटेनीबाटा कालो झोला भिरी हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ घर भई बालकोट बस्ने वर्ष ५६ को कुलप्रसाद आचार्य र निजकै कान्छो छोरा वर्ष २२ को प्रबिन आचार्य छुट्टाछुटै २ वटा कोठामा मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा वारदात मितिबाटै फरार रहेका उनीमाथि खोजी कार्य जारी गरी घटनाको भोलिपल्ट अर्थात् मंगलबार पक्राउ परेको प्रहरीले जनाएको हो । निजले आफ्नो बुबा र भाइलाई हत्या गरेको भनी स्वीकारेको जनाइएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याई अनुसन्धान भइरहेको जनाइएको छ ।
विज्ञप्ति
“बुबा र भाई हत्या गर्ने मानिस नियन्त्रणमा”
२०८१।०९।०८ गते ०९ः५० बजेको समयमा जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट फिकाधारा स्थितमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ घर भई ऐ. बालकोट बस्ने वर्ष ५६ को कुल प्रसाद आचार्य र निजकै कान्छो छोरा वर्ष २२ को प्रबिन आचार्य छुट्टाछुटै २ वटा कोठामा मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा वारदात मितिबाटै फरार रहेका मृत्तकको जेठा छोरा वर्ष २६ को मिलन आचार्यलाई हुलियाको आधारमा प्रहरी वृत्त महाराजगन्ज, काठमाण्डौंबाट खटिएको प्रहरी टोलीले मिति २०८१÷०९÷०९ गते काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ४ महाराजगन्ज भाटभटेनी स्थितमा कालो झोला भिरी हिडिरहेको अवस्थामा पक्राउ गरिएको । निजले आफ्नो बुबा र भाईलाई हत्या गरेको भनि स्वीकारेको । थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा ल्याई अनुसन्धान भईरहेको ।