बालकोटमा बुबाछोरा मृत अवस्थामा फेला


पुष ८, २०८१, सोमबार | विहान ०७:१० बजे | 25


बालकोटमा बुबाछोरा मृत अवस्थामा फेला


भक्तपुर । भक्तपुरको बालकोटमा बुबा र छोरा सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट फिकाधाराको साढे तीन तल्लाको घरमा डेरामा वस्दै आएका उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

मृत अवस्थामा भेटिएकामा खोटाङ रुपाकोट मजुवागढी नगरपालिका १ घर भई हाल बालकोटमा डेरामा वस्ने वर्ष ५६ को कुलप्रसाद आचार्य (बुबा) र निजको छोरा वर्ष २२ को प्रविण आचार्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेका अनुसार विहान नौ बजेर ५० मिनेटमा बालकोटको साढे तीनतल्ले पक्की घरको तल्लो तल्लामा चार वर्षदेखि डेरा गरी वस्ने उनीहरु छुटाछुटै दुई वटा कोठामा बाहिरबाट ताला लगाई भित्र अचेत अवस्थामा रहेको जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ परिसर भक्तपुरबाट र मध्यपुर थिमि बृतबाट टोली खटी बुझ्दा मृत उनीहरु दुवैजना अवस्थामा फेला परेको नेउपानले जनाए ।  




Comments