ठगी प्रकरणमा भरत जंगम पक्राउ


पुष ७, २०८१, आइतबार | विहान ११:५८ बजे | 100


ठगी प्रकरणमा भरत जंगम पक्राउ

काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त सहकारीका पूर्वअध्यक्ष भरत जंगम छन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।

Comments