भक्तपुरमा बुबाको छुरा प्रहारबाट छोराको मृत्यु


पुष ३, २०८१, बुधबार | विहान ०२:०८ बजे | 55


भक्तपुरमा बुबाको छुरा प्रहारबाट छोराको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । अछाम कमलनगर नगरपालिका वडा नं. ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ को नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादको क्रममा निजकै बुबा वर्ष ६३ को दिप बहादुर शाहीले तरकारी काट्ने चक्कुले प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते भइ उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । लाश पोष्मार्टमको लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुर लगिएको जनाइएको छ । मृतकको बुबा दिप बहादुर शाहिलाई जिल्ला प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा लिई घटनाको सम्बनधमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Comments