कमलविनायक पोखरीमा कुटपिट, एकजना गम्भीर, ६ पक्राउ
पुष २, २०८१, मङ्गलबार | दिउँसो ०२:३० बजे | 15
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक कमलपोखरीमा कुटपिट भएको छ । कुटपिटबाट भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोल बस्ने वर्ष २७ को रन्जित कार्की गम्भिर घाइते छन् ।
प्रहरीका अनुसार अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै घटाना स्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट प्रहरी टोली खटिई गई घाईते कार्कीलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाण्डौ रिफर भएको थियो । हाल उनको त्यहाँं उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई भक्तपुर नगरपालिका वडा नं. १० पाइप लाईनबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई भक्तपुर जिल्ला अदालतबाट दिन ५ म्याद थप भएको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले जनाए ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने वर्ष १८ को आशिख सिजखो, भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नं. ६ खरिपाटी बस्ने वर्ष १८ को समिर नेपाली, काभ्रे पाँचखाल नगरपालिका वडा नं. १० घर भई हाल भक्तपुर छालिङ बस्ने वर्ष १८ को साजन तामाङ, सोही ठाउँंमा घर भई छालिङ बस्ने बर्ष १८ को संजिब तामाङ, सिन्धुली मरिण गाँउपालिका वडा नं. २ घर भई हाल भक्तपुर खरिपाटी बस्ने वर्ष १८ को अशोक तामाङ र बारा घर भई हाल भक्तपुर खरिपाटी बस्ने वर्ष १८ को सुमन तामाङ रहेका छन् ।