नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धको मृत्यु
मंसिर ३०, २०८१, आइतबार | विहान ०२:२५ बजे | 30
भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक जोरपाटीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक बृद्धको मृत्यु भएको छ । जगातीबाट साँंगातर्फ जाँंदै गरेको मोटरसाइकले पैदलयात्री निमबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा ४६ प ११२७ नम्वरको मोटरसाइकलले पैैदलयात्री रामेछाप दोरम्वा गाउँंपालिका ४ घर भइ नलिन्चोक वस्ने घाइते भएका थिए । शनिबार राति भएको दुर्घटनापछि उपचारका लागि घाइतेलाई मध्यपुर अस्प्ताल लगिएको प्रहरीले जनाएको छ । उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ ।
मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका वडा नं ६ वस्ने वर्ष ४४ को जितेन्द्र श्रेष्ठलाई प्रहरी बृत जगातीमा नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।