भक्तपुरमा आगलागी भएर ११ लाखको क्षति


मंसिर २९, २०७७, सोमबार | दिउँसो ०२:२१ बजे | 5


भक्तपुर । भक्तपुर चागुनारायणमा खाना पकाउने ग्याँस लिक भई आगलागी भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ५ पिखेलमा आगलागी भएको हो।
घटनास्थलमा सोधपुछ गर्दा ऐ.ऐ. बस्ने वर्ष ४० को प्रदिप कार्कीको कच्ची ३ तले घरमा खाना पकाउने ग्याँस लिग भई आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गरीले जनाएको छ।
आगलागीबाट अन्दाजी रु. ११,८६,५००। (एघार लाख छयासी हजार पाँच सय) बराबरको भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया पशुपन्छी क्षती भने नभएको प्रहरीले जनाएको छ।
आइतबार बेलुकी साढे ८ मा भएको आगलागी दमकल र नेपाल प्रहरीको संयुक्त सहयोगमा बेलुकी २१ः५८ बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो।

Comments