भक्तपुर नगरपालिका वडा नं १ हाकुफल्चामा आगलागी


मंसिर १८, २०८१, मङ्गलबार | विहान ०५:२९ बजे | 25


भक्तपुर नगरपालिका वडा नं १ हाकुफल्चामा आगलागी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ कालोपाटीमा मंगलबार आगलागी भएको छ । हाकुफल्चास्थित बिजुलीको पोलमा करेन्ट सर्ट भइ आगलागी भएको जनाइएको छ । आगलागीबाट तारहरुमा सामान्य क्षति भएको छ । 
आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगरे आगलागी नियन्त्रण गरेको कार्यालयले जनाएको छ । विहान ०९ः५८ मा दमकल निस्केको र १०ः०६ मा आगो नियन्त्रणमा लिई दमकल फर्केको कार्यालयले जनाएको छ । 

Comments