गठ्ठाघरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते


मंसिर १३, २०८१, बिहीबार | विहान ०५:०९ बजे | 30


गठ्ठाघरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। 

प्रहरीका अनुसार दुर्घटनामा श्रीमती ४१ वर्षिया नवीना देउलाको मृत्यु भएको हो भने श्रीमान जितवहादुर देउला घाइते भएका हुन्। श्रीमानको उपचार भइरहेको छ। 

काठमाडौं आउँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले सोही दिशामा रहेको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो। ट्रक चालक ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments