भक्तपुरमा तीन वटा मोटरसाइकल सहित ४ जना पक्राउ
मंसिर २६, २०७७, शुक्रबार | दिउँसो ०१:३३ बजे | 5
भक्तपुरमा मोटरसाइकल चोरी गर्ने ४ जना व्यक्तिहरुलाई पक्राउ गरेका छन्।
दोलखा सैलुङ गाउपालिका २ घर भई हाल सुर्यविनायक नगरपालिका ८ बस्ने बर्ष २३ को सोनाम वाईबा ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १९ को फुर्बा घिसिङलाई विहिबार प्रहरीले प्रक्राउ गरेका हुन्। ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १८ को संजिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका २ घर भई हाल भक्तपुर जिल्ला पुरानोठिमी बस्ने बर्ष २१ को जिवन तामाङलाई शुक्रबार नियन्त्रणमा लिएका हुन्।
अन्दाजी २२ः०० बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ४ राममन्दिर र चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीबाट मोटरसाइकल चोरी भएको जनाएको छ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा चेकजाँच गर्ने क्रममा विहिवार २२ः३० बजेको समयमा बा. ८३ प. ७७७३ नम्बरको २२० सि.सी. दूई जनालाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी गराएका छन्। त्यस्तै प्र. ३–०२–००८ प. ७५८५, र प्र. ३–०२–०१४ प. ०५९४ नम्बरको २२० सि.सी.को पल्सरसहित सुर्यविनायक नगरपालिका ८ बाट पक्राउ बुढाथोकीले जानकारी गराएका छन्।
निजहरुलाई अनुसन्धान गर्दा मोटरसाइकल चोरी गरेको भन्ने खुल्न आएकोले निजहरुलाई जिल्ला अदालतमा पेश गरी चोरीको कसुरमा दिन ५ म्याद लिई थप अनुसन्धान तथा कारवाही भईरहेको जनाएको छ।