महिला मृत अवस्थामा फेला
मंसिर २६, २०७७, शुक्रबार | दिउँसो ०१:२२ बजे | 15
भक्तपुर । अन्दाजी १८ः३० बजेको समयमा भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ फुलबारी स्थित मिन बहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरमा डेराकोठा गरी बस्ने काभ्रेपलान्चोक खानीखोला गाउपालिका वडा नं. ३ वतन भएकी बर्ष ४३ की अन्तरीमाया थिङ मृत अवस्थामा फेला परेको छ भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर, भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान, घटनास्थल तथा लाश जाँच मुचुल्का गरी मृत शवलाई पोष्टमार्टमको लागी केएमसी अस्पताल दुवाकोट पठाइएका महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी सुवास अधिकारीले जानकारी गराए ।
साथै, घटनाको थप अनुसन्धानको शिलसिलामा सोही घरमा डेरा गरी बस्ने ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको जनाएका छन् ।