हराएको मोटरसाइकल फेला पारी बुझाईएको


मंसिर २४, २०७७, बुधबार | दिउँसो ०३:४६ बजे | 5


मिति २०७७र०८र२३ गते  जिल्ला भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ०४ ददिकोट बाट बिहान अन्दाजी ४ः०० बजे बा ८८ प ७४५८ नम्बरको २०० सि.सि को एन एस रातो कालो पल्सर मोटरसाइकल हराएको भनि सवारी धनि मुरारी दुलालले प्रहरीलाई मौखिक रुपमा जानकारी गराएकोमा उक्त मो.सा.  खोजतलास गर्दा मिति २०७७र०८र२४ गते  बिहान १०ः३० बजेको समयमा महानगरीय प्रहरी प्रभाग कटुञ्जे बाट खटीइएको  टोलिले सुर्यबिनायक नगरपालिका ५ स्थित ओम शान्ती टोल भित्र फेला पारी कार्यालयमा ल्याई सम्बन्धित सवारी धनि जिल्ला दोलखा घर भई हाल जि.भ.पु. सु.न.पा २ बस्ने बर्ष ३१ को मुरारी दुलाललाई खबर गरी ०७७र०८र२४ गते प्रभाग कटुञ्जेका कार्यालय प्रमुख प्र.ना.नि रमेश राईले हस्तान्त्रण गर्नुभयो ।

Comments