भक्तपुरका दुई छुटाछुटै स्थानबाट लागूऔषधसहित पक्राउ


कार्तिक २५, २०८१, आइतबार | दिउँसो ०२:३१ बजे | 35


भक्तपुरका दुई छुटाछुटै स्थानबाट लागूऔषधसहित पक्राउ

भक्तपुर । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १ रानीपोखरीमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले मानिसहरुलाई चेकजाँच गर्ने क्रममा लागू औषध फेला पारी बरामद गरेको छ । निजहरुलाई नियन्त्रणमा लिई लागू औषध मुद्दा सम्बन्धी भक्तपुर जिल्ला अदालतबाट ५ (पाँच) दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाँउपालिका वडा नं. ६ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने बर्ष १८ को सुशिल कार्की, रामेछाप मन्थली नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा न. १ बस्ने बर्ष २२ को हिरे माझी रहेका छन् । 
यसैवीच लागू औषध सहित मेडिकल संचालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधेस्थित गणेशप्रसाद आचार्यले संचालन गरेको सुजु मेडिकलबाट लागू औषध विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका वडा नं. १७ घर भएका बर्ष २८ को राजेश गुरागाईले लागूऔषध लिएर हिडिरहेको अवस्थामा फेला परेकोले निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सुजु मेडिकलबाट किनी ल्याएको भन्ने समेत खुलेकोले उक्त मेडिकलमा गई कानून बमोजिम खानतलासी गर्दा लागू औषध फेला परेकोले बरामद गरी मेडिकल संचालक जिल्ला कैलाली धनगढी उपनगरपालिका वडा नं. २ घर भएका वर्ष ४८ को गणेश प्रसाद आचार्यलाई समेत नियन्त्रणमा लिई लागू औषध मुद्दा सम्बन्धी भक्तपुर जिल्ला अदालतबाट ५ (पाँच) दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।  

Comments