भक्तपुरमा विभिन्न कागजात मोबाइलसहित १ जना नियन्त्रणमा


मंसिर २४, २०७७, बुधबार | दिउँसो ०१:४९ बजे | 0


भक्तपुर । एकजना विभिन्न कागजात सहित १ जना व्यक्तिलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा नम्बर १२ स्थायी घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २८ को आषिश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ स्थित पाटीविहारमा महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा महानगरीय प्रहरी परिसर सवारी चेकजाँचको क्रममा ठिमी नगरपालिका चोकबाट नयाँठिमी तर्फ जाँदै गरेको बा. १५ च. ४६८४ नं. को (ज्थगलमबष् क्ष्द्दण्० कारमा विभिन्न कागजातहरु फेला परेको महानगरीय पूहरी परिसर सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी गराए । कार भित्रको ड्यासबोर्डमा निम्नलिखित कागजात, नगद, मोवाईल बरामद गरेको बुढाथोकीले जनाए। गिरीलाई महानगरीय प्रहरी परिसर, भक्तपुरमा ल्याई आवश्यक थप अनुसन्धान भईरहेको जनाएकोक छ।
[[img2]]
बरामद सामानहरुः
विभिन्न नागरिकका नाममा जारी भएको नागरिकताको प्रतिलिपी थान – ४,
सवारी चालक अनुमति पत्र थान – २,
सवारी चालक अनुमति पत्रको कर तिरेको रसिद थान ( १,
सवारी चालक विवरणको कागज थान – ५,
बा. १५ च. ४६८४ नं. सवारीको विलबुक थान ( १,
ऐ. सवारीको साँचो थान – १,
विभिन्न बैंकको २५ लाख रुपैया बराबरको चेक थान ( ४,
मोवाइल थान – ३,
नेपाली नगद रु. ४१,५००।– (एक्चालिस हजार पाँच सय)

Comments