सल्लाघारीमा दुर्र्घटना ः भोलाछेंका बिमलाको मृत्यु


कार्तिक २१, २०८१, बुधबार | दिउँसो ०१:१६ बजे | 45


सल्लाघारीमा दुर्र्घटना ः भोलाछेंका बिमलाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे चोकमा सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बागमती प्र.०२–०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ६ भोलाछें घर भई हाल भक्तपुर कटुन्जे बस्ने बर्ष ६९ की बिमला प्रधानाङ्गलाई ठक्कर दिदा उनको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भिर घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर लगेकोमा उपचारको क्रममा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
वारदात मितिमा ठक्कर दिने मोटरसाइकल र चालक फरार भएकोमा खोजतलास गर्दै जाँदा बुधबार बागमती प्र.०२–०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकल र चालक जिल्ला रामेछाप सुनापाती गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट बस्ने बर्ष २६ को दिपक मानन्धरलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 

Comments