भक्तपुरका ठाउँंठाउँंमा मिठाई पसलहरु अनुगमन ः अखाद्य कलर राखेर बेचिएका मिठाइहरु जफत


कार्तिक १६, २०८१, शुक्रबार | दिउँसो ०१:०० बजे | 60


भक्तपुरका ठाउँंठाउँंमा मिठाई पसलहरु अनुगमन ः अखाद्य कलर राखेर बेचिएका मिठाइहरु जफत

भक्तपुर, १६ कार्तिक । भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहमा रहेको मिठाई पसलहरुले पेटीमा राखेको र अखाद्य कलर राखी मिठाई बेच विखन गरिरहेकोले गुनासोको आधारमा श्यानिटेशन उपशाखा प्रमुख दिलिप कुमार सुवालको नेतृत्वमा अनुगमन गरी ६ केजी अखाद्य कलर भएको मिठाई जफत गरेको बताउनुभयो । 
च्याम्हासिंहमा रहेको नवदुर्गा स्विट्स एण्ड चाट भण्डारमा पेटीमा रहेको मिठाईको सामान हटाई अखाद्य कलर भएको मिठाई ४ केजी जफत गरि नष्ट गरियो भने खुसि प्लाजामा रहेको श्री लक्ष्मी मिठाई एण्ड चाट प्लालेस पसलमा पेटीमा रहेको मिठाईको सामान हटाई अखाद्य कलर भएको मिठाई २ केजि जफत गरि नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । साथै उहाँले ५ केजि मैदामा १ ग्राम खाद्य कलर मात्र हाल्नु पर्नेमा बढी कलर हालेको र तेलमा पोलार मिटर अथवा ओइल टेष्टर मेसिनले २० भन्दा माथि देखाएमा अखाद्य हुने साथै अखाद्य कलर र ओइल टेष्टर मेसिनले २० भन्दा माथिको तेलमा पकाएको मिठाईले क्यान्सर जस्ता रोगको सिकार हुने भएकोले त्यसमा कडाइका साथ प्रस्तुत भएको बताउनुभयो । अनुगमनमा वडा निरिक्षकहरुको सहभागी रहेको थियो ।

Comments