चाँंगुमा गम्भीर दुर्घटना ः दर्जन वढी घाइते, ७ जनाको अवस्था चिन्ताजनक
कार्तिक १३, २०८१, मङ्गलबार | विहान ०५:२८ बजे | 30
भक्तपुर । भक्तपुरको कमलविनायकबाट नगरकोट जाने सडकमा मंगलबार गम्भीर दुर्घटना भएको छ । नगरकोट सडकको घुमाउने नगरपालिकाको कार्यालयनजिक) दुर्घटना भएको हो । तेलकोटबाट कमलविनायतर्फ आइरहेको यात्रु बस दुर्घटना भएको हो ।
गुडिरहेको बस पोलमा ठोक्किर दुर्घटना भएको हो । वसमा रहेको झण्डै १५ जना यात्रु घाइते भएको बताइएको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको प्रत्यक्षदर्शी मिसन लामिछानेले बताए । उनका अनुसार उनीहरुलाई भक्तपुर अस्पताल लगिएको छ । थप घटना विवरण आउन बाँंकी नै छ ।